


देशभर थप १०४ जनामा कोरोना संक्रमण, २ को मृत्यु

काठमाडौं – नेपालमा पछिल्लो २४ घन्टामा १ सय ४ जना कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घन्टामा देशभरका विभिन्न प्रयोगशालामा गरिएका ३५८७ नमूना परिक्षणमा उक्त संख्यामा कोरोना पुष्टी भएका हुन् ।
मन्त्रालयका अनुसार उक्त अवधिमा २०१ जना कोरोनासंक्रमित कोरोनामुक्त भई डिस्चार्ज भएका छन् भने २ जना संक्रमितको मृत्यु भएकोछ । गत २४ घन्टामा देशभर ८ हजार ४१२ जनाले कोरोनाविरुद्धको खोप लगाएको पनि मन्त्रालयले जनाएको छ ।
अहिलेको अवस्थामा नेपालमा २ हजार ३१६ जना सक्रिय संक्रमित रहेको पनि मन्त्रालयले जनाएको छ ।

