कोटेश्वरको अवैध संरचनामा महानगरले चलायो डोजर


काठमाडौं – काठमाडौं महानगरपालिकाले काटेश्वर क्षेत्रका अवैध संरचनामा डोजर चलाएको छ ।

महानगरले तीनकुने कोटेश्वर खण्डमा रहेका अनधिकृत संरचना हटाउन डोजर चलाएको हो । सो क्षेत्रमा रहेका फुटपाथ पनि महानगरले हटाउने भएको छ ।

महानगरले कोटेश्वर क्षेत्रमा यसअघि पनि डोजर चलाएको थियो । यस्तै राजधानीका अन्य स्थानका अवैध संरचनामा पनि महानगरले डोजर चलाउँदै आएको छ ।

प्रतिक्रिया