राष्ट्रपति भण्डारीको पुत्ला दहन गर्ने क्रममा नेविसंघ र प्रहरीबीच झडप


काठमाडौं – कांग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)मा आबद्ध विद्यार्थी र प्रहरीबीच झडप भएको छ।

आज विहान बिहान काठमाडौंको घण्टाघरस्थित त्रिचन्द्र कलेज बाहिर झडप भएको हो।

विद्यार्थीले राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेको भन्दै विद्यार्थीहरुले पुत्ला दहन गर्न खोजेपछि प्रहरीले हस्तक्षेप गरेको थियो।

उनीहरूले प्रहरीमाथि ढुंगामुढा समेत गरेका थिए।

प्रतिक्रिया