

काडिजमाथि बार्सिलोनाको फराकिलो जित

काठमाडौँ- स्पेनिस ला लिगाअन्तर्गत शनिबार राति भएको खेलमा बार्सिलोनाले काडिजमाथि ४–० गोल अन्तरको जित हात पारेको छ।
शनिबार भएको खेलमा बार्सिलोनालाई महत्वपूर्ण तीन अंक दिलाउने क्रममा खेलको ५५ औं मिनेटमा फ्रेन्की डि जोङ, ६५ औं मिनेटमा रोबर्ट लेवान्डोस्की, ८६ औं मिनेटमा अन्सु फाती र इन्ज्युरी समयमा औस्माने डेम्बेलेले १/१ गोल गरेका थिए।
विपक्षी टोलीको तर्फबाट भने कुनै पनि गोल हुन सकेन। यससँगै बार्सिलोना लिगको शीर्षस्थानमा उक्लिएको छ।
बार्सिलोनाले ५ खेलबाट १३ अंक जोडेको छ। दोस्रो स्थानमा रहेको रियल मड्रिडले भने ४ खेलबाट १२ अंक हात पारेको छ।

