म निर्दाेष छु, केही दिनमा नेपाल फर्किन्छु : सन्दीप लामिछाने


काठमाडौँ- नाबालिग बलात्कार अभियोग लागेका नेपाली क्रिकेटका निलम्बित कप्तान सन्दीप लामिछानेले आफू निर्दाेष दाबी गरेका छन्।
शुक्रबार बिहान सामाजिक सञ्जालमार्फत उनले आफू निर्दाेष रहेको र कानुनमा विश्वास राख्ने बताएका हुन्। उनले बिदा लिएर नेपाल फर्केन पनि बताएका छन्।

‘म निर्दाेष छु, नेपालको सम्मानजनक कानुनमा पूर्ण विश्वास राख्छु’, उनले लेखेका छन्, ‘म सीपीएलबाट बिदा लिएर केही दिनभित्र नेपाल फर्किन्छु।’ उनले अगाडि लेखेका छन्, ‘म यो सबै निराधार आरोपको सामना गर्न तयार छु।’

उनले निर्दोषलाई न्याय दिलाउन र सम्बन्धित सबैबारे छानबिन गर्न आग्रह गरेका छन्। साथै कानुनले सबैलाई समान व्यववहार गर्ने अपेक्षा पनि उनले व्यक्त गरेका छन्।

नेपाली राष्ट्रिय क्रिकेट टिमको कप्तान लामिछानेमाथि बलात्कारको आरोप लागेको छ। १७ वर्षीया किशोरी बलात्कारको आरोपमा सन्दीपलाई पक्राउ गर्न अदालतले अनुमति दिए लगत्तै क्यानले निलम्बन गर्ने निर्णय गरेको हो।
अदालतले पक्राउ गरेर अनुसन्धान गर्न अनुमति दिएसँगै क्यानले तत्काल निलम्बनको निर्णय लिएको हो।  क्यारेवियन प्रिमियर लिग खेल्न सन्दीप भने वेस्ट इन्डिजमा छन्। अब प्रहरीले उनलाई जुनसुकै बेला पक्राउ गर्न सक्नेछ।

No description available.

 

प्रतिक्रिया