कञ्चनपुर १ मा काँग्रेसबाट नेता बिष्टकाे एकल सिफारिस


काठमाडाैं – कञ्चनपुर-१ बाट संघिय साँसदका लागि नेपाली काँग्रेसबाट संविधानसभा सदस्य नेता दिवानसिह बिष्ट सर्वसम्मत भएका छन् ।

मंसिर ४ मा हुने निर्वाचनमा संघिय साँसद पदका लागि संविधानसभा सदस्य दिवान बिष्टलाई सर्वसम्मत सिफारिस गरिएकाे नेपाली काँग्रेस क्षेत्र नम्बर १ प्रदेश (ख) का सभापति चेतन राइले बताए ।

त्यसैगरि प्रदेश (ख) समितिले प्रदेशसभा सदस्य पदका लागि प्रत्यक्ष तर्फ क्षेत्रीय सभापति गोपिप्रसाद उपाध्याय , प्रदेश (ख) का सभापती चेतन कुमार राई , महाधिवेशन प्रतिनिधि जनक सिंह धामी , क्षेत्रीय सचिव विश्राम राना र रामकृष्ण रानाको नाम सिफारिश गरिएको प्रदेश ख का सचिव दिनेश कुँवरले बताए ।

समानुपातिक सुचीमा कृष्ण बहादुर दमाई , चन्द्रबहादुर सिंह , दानबहादुर पाण्डे , प्रकाशराज पन्त , राधिका देवि जोशी , लालबहादुर रावत , शेरसिंह टेर र सगुना रानालाई सिफारिश गरिएको छ ।

कञ्चनपुर १ को (क) बाट संविधान सभा सदस्य बिष्टलाई संघिय साँसदमा सर्व सम्मत सिफारिस गरिएको प्रदेश (क) का सभापति मानबहादुर रोकायाले बताए । प्रदेश तर्फका उम्मेदवारहरुको नाम अन्तिम नभई सकेको उनले बताए ।

प्रतिक्रिया