

धुलिखेल ८ र रेयुकाई आँखा अस्पतालबीच सम्झौता, वडा बासीलाई मोतीबिन्दुको निशुल्क उपचार

काभ्रे – काभ्रेको धुलिखोल नगरपालिका वडा नं ८ र रेयुकाई मासुनागा आँखा अस्पतालबीच सम्झौता भएको छ ।वडा र अस्पतालबसीच सम्झौता भएसँगै वडामा रहेका सम्पुर्ण माेतिबीन्दुका बिरामीले निशुल्क उपचार पाउने भएका छन् ।
धुलिखेल नगरपालिकाका स्वास्थ्य प्रमुख सन्दीप के सी को उपस्थितिमा आज एक कार्यक्रमबीच वडामा मोतीबिन्दुको बिरामीले निशुल्क सेवा पाउने गरी वडा र अस्पतालबीच सम्झौता भएको हो ।
उक्त सम्झौतासंगै वडाभित्र रहेका सम्पुर्ण मोतीविन्दुका विरामीले रेयुकाई मासुनागा आँखा अस्पतालबाट निशुल्क सेवा लिन सक्ने वडा अध्यक्ष बिनोद गौतमले बताए । मोतीविन्दुको निशुल्क उपचार गर्न बीमा भित्र नपर्ने सेवा सुविधा र स्वास्थ्य बीमा नगराएका बिरामीले पनि निसुल्क सेवा लिन सक्ने गरी सम्झौता गरेको गाैतमले जानकारी दिए ।
सम्झौतामा अस्पतालको तर्फबाट माहासचिव हिरामणी शर्मा र अस्पतालको तर्फबाट वडा अध्यक्ष गौतमले हस्ताक्षर गरेका छन् । धुलिखेल नगरपालिकाको वडा स्थरमा यस्तो सम्झौता पहिलो पटक भएको हो ।
वडा अध्यक्ष गौतमले वडाबासीलाई आजैबाट वडा कार्यालय वा अस्पतालमा सम्पर्क गरी आँखा सम्बन्धि समस्या भए निशुल्क रुपमा सेवा लिन आग्रह गरे ।

