आजको मौसम : यी क्षेत्रमा भारी वर्षा


काठमाडौं- अहिले मनसुनको न्यून चापीय रेखा पूर्वतिर सरदर स्थान भन्दा केही उत्तरतर्फ अवस्थित छ। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर सामान्यदेखि आंशिक बदली रहको छ।

प्रदेश १, मधेस, बागमाती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकि प्रदेशमा आंशिक बदली रहेको महाशाखाले जनाएको छ। साथै, प्रदेश १, मधेस र बागमती प्रदेशका एक–दुई स्थानमा हल्का वर्षासमेत भइरहेको छ।

आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। प्रदेश १, बागमती र गण्डकी प्रदेशका केही स्थान तथा बाँकी प्रदेशहरूका थोरै स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

आज राति प्रदेश १, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने छ।

भोलि मंगलबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने महाशाखाले जनाएको छ। प्रदेश १, बागमती र गण्डकी प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ भने प्रदेश १ का केही स्थानमा मेघ गर्जन÷चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ।

यस्तै, भदौ २२ गते बुधबार देशभर आंशिकदेखि सामान्य बदली रहने छ। महाशाखाका अनुसार प्रदेश १, मधेस, बागमती र गण्डकी प्रदेशका धेरै स्थानमा तथा बाँकी प्रदेशका केही स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

 

प्रतिक्रिया