अनधिकृत संरचना हटाउन कोटेश्वर क्षेत्रमा महानगरको डोजर


काठमाडौं – काठमाडौं महानगरपालिकाले कोटेश्वर क्षेत्रमा डोजर चलाएको छ ।

महानगरले कोटेश्वर क्षेत्रमा फुटपाथ मिचेर अवैध रुपमा निर्माण गरिएको संरचना हटाउन डोजर चलाएको हो । महानगरपालिकाका अनुसार फुटपाथ मिचेर राखिएको होर्डिङ बोर्डं, होटल, टहरा लगायतका संरचना हटाइएको हो ।

अनधिकृत संरचना हटाउन ठूलो संख्यामा महानगरका प्रहरी परिचालन गरिएको महानगर प्रहरी प्रमुख राजु पाण्डेले जानकारी दिए ।

महानगरपालिकाले ३५ दिने सूचना प्रकाशन गरी अनधिकृत संरचना हटाउन आग्रह गरेको थियो । तर सूचनाको बेवास्ता गरेपछि अनधिकृत संरचना हटाउन आफूहरु बाध्य भएको महानगरपालिकाले जानकारी दिएको छ।

महानगरले ३२ वटै वडामा अनधिकृत संरचना हटाउने क्रम जारी रहने बताएको छ । यसअघि बानेश्वर, त्रिपुरेश्वर, न्युरोड, लगायतका क्षेत्रका अनधिकृत संरचना महानगरले हटाइसकेको छ । अनधिकृत संरचना हटाउने काम सँगसँगै निरन्तर अनुगमन पनि हुने महानगरले बताएको छ।

प्रतिक्रिया