प्रचण्ड–माधव पक्षको मोटरसाइकल र्‍याली


काठमाडौं – नेकपा कम्युनिष्ट पार्टी ९नेकपा०को प्रचण्ड–माधव पक्षले काठमाडौंमा मोटरसाइकल र्‍याली निकालेको छ। माघ ९ गते काठमाडौंमा हुन लागेको जनप्रदर्शन तयारीस्वरूप काठमाडौंमा मोटरसाइकल र्‍याली निकालिएको हो।

काठमाडौंको भृकुटीमण्डपबाट सुरु भएको मोटरसाइकल र्‍याली थापाथली, कुपण्डोल, जावलाखेल सातदोबाटो हुँदै तीनकुनेमा पुगेर समापन भएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले मंसिर ५ गते प्रतिनिधिसभा विघटन गरेपछि प्रचण्ड-माधव पक्षले सडक संघर्ष गरिरहेको छ।

प्रतिक्रिया