प्रधानमन्त्री देउवा र प्रचण्डबीच भेटवार्ता


काठमाडौं — प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच छलफल भएको छ।

आइतबार (आज) बिहान ९ बजेदेखि उनीहरूबीच छलफल भएको हो। उनीहरूबीच बालुवाटारमा छलफल जारी रहेको छ ।

आज अपरान्ह ३ बजे सिट बाँडफाँटबारे कार्यदलमा शीर्ष नेताहरूसहित छलफल हुँदैछ।

उक्त छलफलअघि देउवा र प्रचण्डबीच छलफल भएको हो। गठबन्धनमा कांग्रेसले १०० सिट दाबी गरे पनि घट्ने सम्भावना छ।

सत्ता गठबन्धनका पाँचै दलले आफूले गरेको दाबीबाट घटेर सिट बाँडफाँट टुंग्याउने तयारी छ।

प्रतिक्रिया