एस्टन भिल्लासँग बराबरीमा रोकियो म्यानचेस्टर सिटी


काठमाडौँ- इंग्लिस प्रिमियर लिगअन्तर्गत शनिबार राति भएको खेलमा म्यानचेस्टर सिटी एस्टन भिल्लासँग १–१ गोलको बराबरीमा रोकिएका छन्। शनिबार भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ५० औं मिनेटमा म्यानचेस्टर सिटीका लागि एर्लिङ हालान्डले गोल गर्दै अग्रता दिलाएका थिए।

तर, खेलको ७४ औं मिनेटमा एस्टन भिल्लाका लागि लेओन बाइलीले बराबरी गोल फर्काए। यससँगै सिटीले लिगको शीर्षस्थानमा उक्लिने मौका गुमाएको छ। सिटीले ६ खेलबाट १४ अंक जोडेको छ। शीर्षस्थानमा रहेको आर्सनलले ५ खेलबाट १५ अंक हात पारेको छ।

प्रतिक्रिया