

घनेन्द्रलाई ‘गजल सारथि’ सम्मान

काठमाडौं – साहित्यकार घनेन्द्र ओझालाई ‘गजल सारथि’ सम्मान प्रदान गरिएको छ। सर्लाहीको लालबन्दी नगरपालिकाको लालबन्दी नगर वाङ्मय परिषद्ले शनिबार ओझालाई उक्त सम्मान प्रदान गरेको हो ।
नेपाल प्रज्ञाप्रतिष्ठानका सदस्य सचिव प्रा. जगतप्रसाद उपाध्यायले दोसल्ला र सम्मानपत्रले ओझालाई सम्मान गरेका हुन् । ओझा विगत दुई दशकदेखि नेपाली गजलको लेखन, विकास, विस्तार र परिष्कार अभियानमा सक्रिय छन् ।
परिषद्का कोषाध्यक्ष विवश पौडेलले घनेन्द्र ओझाको नेपाली गजल क्षेत्रमा योगदानको चर्चा गरे। ओझाका हालसम्म विभिन्न विधा र सिद्दान्त–समालोचनाका कृति प्रकाशन भएका छन् ।
ओझाको भर्खरै शास्त्रीय बहरमा मात्र लेखिएका गजलको एल्बम ‘शुभेच्छा’ बजारमा आएको छ । सन्तोष श्रेष्ठको सङ्गीत रहेको उक्त एल्बममा ज्ञानु राणा, आनन्द कार्की, शिव परियार, सन्तोष श्रेष्ठ, निशा देशार र अस्मिता अधिकारी गरी नेपाली गायनका चार पुस्ता समेटिएको छ ।

