
मधेश प्रदेशका मुख्यन्यायाधीवक्ताले दिए राजीनामा
काठमाडौं – मधेश प्रदेशका मुख्यन्यायाधीवक्ता दीपेन्द्र झाले पदबाट राजीनामा दिएका छन्। उनले आज(शनिबार) मुख्यमन्त्री लालबाबु राउतलाई राजीनामा बुझाएका हुन्।
झाको राजीनामा स्वीकृत भइसकेको छ। आसन्न प्रतिनिधिसभाको चुनाव लड्न मुख्यमन्त्रीलाई भेटेरै उनले राजीनामा बुझाएका हुन्। झा महोत्तरीको क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा निर्वाचन लड्ने तयारीमा छन्।
जनता समाजवादी पार्टी (जसपा) बाट चुनाव लड्ने उनले तयारी गरेका छन्। शनिबार दिउँसो जलेश्वरमा जसपाका अध्यक्ष उपेन्द्र यादवले झालाई पार्टी प्रवेश गराउने कार्यक्रम छ।
६ फागुन २०७४ मा प्रदेश सरकारको सिफारिसमा झालाई तत्कालीन प्रदेश प्रमुख रत्नेश्वर लाल कायस्थले मुख्यन्यायाधीवक्ता नियुक्त गरेका थिए।



कागजपत्र |
