भारतले नेपाललाई दियो १० लाख डोज कोरोना भ्याक्सिन


काठमाडौं – कोरोना भाइरस नियन्त्रणका लागि नेपाललाई भारत सरकारले १० लाख डोज कोरोना भाइरसविरुद्धको खोप अनुदान दिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले बुधबार आयोजित पत्रकार सम्मेलनमा उक्त कुराको जानकारी दिए ।

अनुदानको खोप बिहीबारदेखि नै आउन थाल्ने उनले बताए । पहिलो चरणमा स्वास्थ्यकर्मी, एम्बुलेन्स चालक र सुरक्षाकर्मीलाई दिइने मन्त्री त्रिपाठीले बताए ।

नेपाललाई कोरोनाविरुद्धको खोप हस्तान्तरणका लागि भारतीय राजदूत र मन्त्रालयद्वारा आयोजित संयुक्त पत्रकार सम्मेलनमा उक्त कुरा बताइएको हो ।

प्रतिक्रिया