नेपाली यू-१७ राष्ट्रिय टिम श्रीलंका प्रस्थान


काठमाडाैं – नेपाली यू-१७ राष्ट्रिय फुटबल टिम साफ यू-१७ च्याम्पियनसिपको लागि शुक्रबार श्रीलंका प्रस्थान गरेको छ । साफ यू-१७ च्याम्पियनसिप भदौ २० देखि २९ गतेसम्म हुनेछ ।

उपाधि जित्ने लक्ष्यसहित २३ सदस्यीय खेलाडीसहितको टिम श्रीलंका प्रस्थान गरेको हो । नेपाल समूह ‘बी’ मा रहेको छ । यो समूहमा नेपालसँगै भारत र भुटान छन् । समूह ‘ए’ मा आयोजक राष्ट्र श्रीलंका, माल्दिभ्स र बंगलादेश छन् ।

नेपालले २२ गते भुटानसँग प्रतिस्पर्धा गर्दैछ । पहिलो खेलमा नै जित हात पार्दै सेमिफाइनलमा पुग्ने सम्भावनालाई बलियो बनाउने लक्ष्य लिएको नेपालले २४ गते भारतसँग समूह चरणको आफ्नो अन्तिम खेल खेल्नेछ ।

दुवै समूहका समूह विजेता र उपविजेता सेमिफाइनलमा प्रवेश गर्ने छन् । २७ गते सेमिफाइनल र २९ गते फाइनल खेल हुने छ ।

नेपाली यू-१७ राष्ट्रिय टिम

गोलकिपर : कृशल मोक्तान, समिर चन्द, रुबिन बोगटी

डिफेन्डरः अश्विन घोरासैनी, सिमन्त थापा, प्रितम कार्की, धिरज विश्वकर्मा, निशान्त तामाङ, युनिश मगर, विक्रम तामाङ, युनेश बुढाथोकी, मदन पौडेल, दिपक थापा मगर

मिडफिल्डरः प्रशान्त लक्षम, मिराक लिङ्देन, सरोज दर्लामी, हरिशराज भट्ट, लच्छु थापा

प्रतिक्रिया