फेरिए बालेनका ‘सारथी’, महानगरको प्रमुख प्रशासकीय अधिकृतको जिम्मा अधिकारीलाई


काठमाडौं — काठमाडौं महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा बसन्त अधिकारीलाई जिम्मेवारी दिइएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सहसचिव अधिकारीलाई महानगरको प्रमुख प्रशासकीय अधिकृतका रूपमा सरूवा गरेको हो।

अधिकारी करिब साढे दुई वर्षदेखि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा प्रवक्ताको जिम्मेवारीमा थिए। आफूलाई मन्त्रालयले काठमाडौं महानगरको प्रमुख प्रशासकीय अधिकृतमा सरूवा गरेको अधिकारीले जनाए ।

अधिकारी आइतबारदेखि महानगरमा औपचारिक रुपमा कार्यभार सम्हाल्ने पनि जनाइएको छ ।

महानगरका निवर्तमान प्रमुख प्रशासकीय अधिकृत रहेका लोकनाथ पौड्याललाई संघीय मन्त्रालयकै अतिरिक्त समूहमा सरुवा गरिएको छ । मन्त्रालयले अधिकारीसहित १० सहसचिवको सरूवा गरेको थियो।

प्रतिक्रिया