

पाकिस्तानमा बाढीको कहरः सिन्धमा १०० किलोमिटर चौडाइको ताल

तस्विरमा सिन्धुको बहाब बढ्दा १०० किलोमिटर चौडाइ क्षेत्र जलमग्न देख्न सकिन्छ जुन कुनै समय कृषि प्रयोजनमा उपयोग गरिएको थियो ।
पाकिस्तानमा १ दशकपछिकै ठूलो बाढी आएको छ । बाढीका कारण ११ सय ६२ जनाको मृत्यु भएको छ । बाढीका कारण दजनौँ मानिस हराइरहेका छन भने ३ हजार ५ सय जना घाइते भएका छन् । बाढीले देशका ३ करोड ३० लाख मानिस प्रभावित छन् ।
बाढीले १० अर्ब डलर बराबरको क्षति गरेको सरकारले प्रारम्भिक अनुमान गरेको छ । राष्ट्रसंघले बाढी प्रभावित पाकिस्तानलाई सहयोग गर्न आह्वान गरेको छ ।
बाढीपछि चीन, बेलायत, क्यानडालगायतका देशले पाकिस्तानलाई सहयोग गरेका छन् । – एजेन्सी

