साढे ८ घण्टापछि खुल्यो नारायणगढ–मुग्लिन सडक खण्ड


चितवन – पहिरोले अवरुद्ध नारायणगढ-मुग्लिन सडक खण्ड दुईतर्फी सञचालनमा आएको छ।

आज दिउँसो साढे २ बजेबाट सडकखण्ड दुईतर्फी सञचालनमा आएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

आज बिहान करिब ६ बजेदेखि नै नारायणगढ-मुग्लिन सडक खण्डअन्तर्गत पर्ने केराबारीमा गएको पहिरोले सडक अवरुद्ध बनेको थियो । सडक अवरुद्ध हुँदा सयौँ सवारी साधनहरु सडकमै रोकिएका थिए। अहिले सडक खुलेसँगै सवारी साधनहरु गन्तव्यतर्फ लागेका छन्।

प्रतिक्रिया