घरको छैठौ तलाबाट खसेर दुई बालबालिकाको मृत्यु


काठमाडौं – काठमाडौंको बुद्धनगरमा एक घरको छैठौ तलाबाट खसेर दुई बालबालिकाको मृत्यु भएको छ।

बुधबार साँझ पौने ६ बजे काठमाडौं महानगरपालिका-१० बुद्धनगरस्थित एक निर्माणाधीन घरबाट एक बालक र एक बालिकाको खसेर मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार साढे ६ तला घरको छैठौ तलाबाट खसेर दुई जनाको मृत्यु भएको हो।

भारत विहार घर भई काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका-९ पेप्सीकोला बस्ने १४ वर्षीय बालक र काठमाडौं-२९ बस्ने १४ वर्षीया बालिका खसेका हुन्।

उनीहरू खसेपछि तत्काल उपचारको लागि सिभिल अस्पताल लगिएको थियो। त्यहाँ उपचारको क्रममा अस्पताले मृत घोषणा गरेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया