

पूर्वबडामहारानी रत्नको मोतीविन्दुको शल्यक्रिया सम्पन्न
पूर्वराजा ज्ञानेन्द्र, पूर्वरानी कोमलका साथै पूर्वयुवराज पारस र युवराज्ञी हिमानी अस्पताल पुगे

काठमाडौं – पूर्व बडामहारानी रत्न राज्यलक्ष्मी देवी शाहको मोतीविन्दुको शल्यक्रिया गरिएको छ ।
काठमाडौं दरवारमार्गस्थित सुदृष्टि नेत्र चिकित्सा केन्द्रमा पूर्व बडामहारानी रत्नको मोतीविन्दुको शल्यक्रिया गरिएको हो ।
९४ वर्षीया रत्नको बुधबार भएको शल्यक्रिया डा. सुमन थापाको नेतृत्वमा चिकित्सकहरुको टोलीले गरेको हो । शल्यक्रियापछि रत्नराज्यलक्ष्मी देवी शाहले चिकित्सक र स्वास्थ्यकर्मीहरुसँग सामूहिक तस्बिर खिचाएकी छिन् ।
उक्त अवसरमा पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमल शाहका साथै पूर्वयुवराज पारस शाह पनि अस्पतालमा पुगेका थिए ।
उक्त अवसरमा पूर्वयुवराज्ञी हिमानी शाहको पनि उपस्थिति रहेको थियो ।

