जिल्ला अदालत बाँकेका न्यायाधीश अधिकारी बर्खास्त


काठमाडौं – न्याय परिषद्ले जिल्ला अदालत बाँकेका न्यायाधीश श्यामसुन्दर अधिकारीलाई बर्खास्त गर्ने निर्णय गरेको छ । न्याय परिषद्‌को मंगलबार बसेको बैठकले अधिकारीलाई बर्खास्त गर्ने निर्णय गरेको प्रवक्ता मानबहादुर कार्कीले जानकारी दिए ।

उनको कार्यक्षमता अभाव भएको भन्दै परेको उजुरीमाथि छानबिन गर्दा फैसलामा गडबडी गरेको पाइएपछि सुनुवाइको मौका दिएर बर्खास्तको निर्णय गरेको प्रवक्ता कार्कीले बताए ।

अधिकारी जिल्ला अदालत बाँकेको न्यायाधीश हुँदा आर्थिक स्वार्थ र लेनदेनका कारण न्याय सम्पादन प्रभावित पारेको उजुरी परेको थियो । त्यसपछि न्याय परिषदले उनलाई सर्वोच्च अदालतमा झिकाएको थियो ।

प्रतिक्रिया