झापामा ओलीको क्षेत्रबाट ‘जिग्री ब्रो’ले स्वतन्त्र उम्मेदवारी दिने


काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको क्षेत्रबाट प्रतिनिधिसभा सदस्य निर्वाचनमा ‘जिग्री ब्रो’ नामले परिचित कलाकार कुमार कट्टेलले झापा क्षेत्र नम्बर ५ बाट स्वतन्त्र उम्मेदवारी दिने भएका छन् ।

उनले उम्मेदवारी दिने आधिकारिक घोषणा नगरेको भए पनि आफू यसको तयारीमा रहेको बताए ।

जतिसक्दो चाँडो उक्त क्षेत्रबाट चुनाव लड्न स्वतन्त्र उम्मेदवारीको घोषणा गर्ने उनले बताएका छन् ।

कट्टेल पनि झापा-५ कै मतदाता हुन् । मिडियासँग कुराकानी गर्दै उनले आफू अहिले सम्म कुनै पार्टीमा पनि आबद्ध नभएको बताउँदै आउनने निर्वाचनमा स्वतन्त्र उम्मेदवारको रुपमा जनतासँग इमान्दार भएर काम गर्ने बताए ।

 

प्रतिक्रिया