
अनधिकृत पार्किङका मोटरसाइकललाई कारबाही नगरेपछि अनुसन्धान गर्दै अख्तियार
काठमाडौं – काठमाडौं नगर प्रहरीले अनधिकृत पार्किङबाट उठाएका मोटरसाइकल र कारवाही संख्यामा दैनिक अन्तर देखिएको छ ।
कारवाहीमा लागि ल्याइएका मोटरसाइकल कारवाही नगरी छाडेको पाइएपछि अख्तियार दुरुपयोग अनुसन्धघान आयोगगले नै अनुसन्धान थालेको छ ।
कारबाही गर्नुपर्ने मोटरसाइकललाई कारवाही नगरी छाडिंदा अनिनयमिताता भएको हुनसक्ने आशंका अनुसन्धान सुरु भएको अख्तियार स्रोतले बताएको छ ।
उनका अनुसार काठमाडौं महानगरपालिकाका काठमाडौं महानगरपालिका कार्यालय परिसरमा ट्राफिकरपार्किङ व्यवस्थापन हेर्ने नगर प्रहरी निरीक्षक इश्वर वाग्लेमाथि छानविन भइरहेको अख्तियारका एक अनुसन्धान अधिकारीले बताए ।
वाग्लेमाथि कार्यालय परिसरमा अनधिकृत पार्किङ गरेका मोटरसाइकलहरु उठाउँदा र कारबाहीको लागि ट्राफिक प्रहरीलाई बुझाउँदा दैनिक ४/५ वटाको अन्तर भेटिएको आरोप छ ।
काठमाडौं महानगरका नगर प्रहरी उपरीक्षक दिनेश अर्यालका अनुसार वाग्लेसँग स्पष्टीकरण सोधर अख्तियारलाई चिठी पठाइसकेको छ ।



कागजपत्र |
