‘टिम बालेन’को आजको कारबाही कता ?


काठमाडौं – अवैध संरचना भत्काउने काठमाडौं महानगरपालिकाको अभियान आज (मंगलबार) पनि हुने भएको छ । आज नगर प्रहरीको टोली तोकिएको कार्यक्षेत्रमा जानका लागि तयारी अवस्थामा रहेको छ ।

नक्सापासविपरीत भइरहेको अन्डरग्राउन्डको व्यापारिक प्रयोजन हटाउन आज फिल्डमा खट्ने टोली हिजो (सोमबार) देखि नै तयारी अवस्थामा रहेको महानगरले जनाएको छ ।

सोमबार महानगरले वडा नम्बर २४ न्युरोडस्थित विशाल बजारलाई २४ घण्टे अल्टिमेटम दिएको थियो । २४ घण्टाभित्र नक्सापाससहित वडामा उपस्थित नभए नक्सापासविपरीत गतिविधि भएको ठहर हुने नगर प्रहरी प्रमुख एसपी राजुनाथ पाण्डेले बताएका थिए ।

सोही अनुसार आज नगर प्रहरीको टोली विशाल बजारसहित वडा नम्बर २२ का व्यापारिक कम्प्लेक्समा रहेका अवैध संरचना हटाउने तयारीमा रहेको छ ।

सोमबार महानगरले न्युरोडस्थित बी एण्ड बी कम्प्लेक्स, सुरज अर्केड, रुप फेसन, महर्जन कम्प्लेक्स, बसन्तपुर प्लाजा, बिरा कम्प्लेक्स र माछापुच्छ्रे बैंक न्युरोड शाखामा अपरेशन गरेको थियो ।

भदौ ६ गतेदेखि सुरु भएको अवैध संरचना हटाउने अभियानमा घरधनी र व्यापारीलाई जानकारी नै नदिएर महानगरको टोली पुग्ने गरेको छ ।

प्रतिक्रिया