


ट्रिपरको ठक्करबाट एकको मृत्यु

झापा – झापाको मेचिनगर नगरपालिका वडा नं। १३ स्थित चन्द्रगढी–चारआली सडक खण्डमा ट्रिपरको ठक्करबाट एक जनाको मृत्यु भएको छ । अर्का एक जना घाईते भएका छन् ।
दक्षिणबाट उत्तरतर्फ आउँदै गरेको मे. १ ख २५१५ नम्बरको ट्रिपरले दुई जना पैदल यात्रीलाई ठक्कर दिएको थियो । ट्रिपरको ठक्करबाट टाउँकोमा चोट लागेकी १८ वर्षीया अन्सु शिवाकोटीको उपचारका क्रममा बी एण्ड सी हस्पिटलमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
हात र खुट्टामा चोट लागेका १८ वर्षका राहुल बस्नेतको उपचार भइरहेको छ । ट्रिपर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

