प्रशिक्षककाे गल्तीले एन्फालाई ७ हजार डलर जरिवाना


काठमाडौं – एसियाली फुटबल महासंघ (एएफसी) ले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई ७ हजार अमेरिकी डलर (करिव नौ लाख रुपियाँ) जरिवाना गरेको छ ।

गत असारमा कुवेतमा भएको एएफसी एसियन कप २०२३ अन्तर्गत छनोट खेलमा नेपालका प्रशिक्षक अब्दुल्लाह अलमुताईरीले नियमविपरित काम गरेको भन्दै एएफसीले नेपाललाई जरिवाना गरेको हो ।

एएफसीको अनुशासन तथा इथिक कमिटिले एसियन कप छनोट अन्तर्गत इन्डोनेसियाविरुद्धको खेलमा प्रतिबन्ध गरिएका प्रशिक्षक अलमुताईरी खेल अघि ड्रेसिङ रुपमा प्रवेश गरेको र खेलपछि एक्रिडिटेशन कार्ड सहित मैदान प्रवेश गरेको भन्दै ६ हजार डलर र इन्डोनेसियाविरुद्धकै खेलको पहिलो हाफ सुरु हुन ढिलाइ गर्दा एन्फालाई १ हजार जरिवाना गरिएको एएफसीले जनाएको छ ।

एएफसीले जरिवानाको २५ प्रतिशत रकम ९० दिन र बाँकी रकम दुुई वर्षभित्र तिर्न एन्फालाई समयसिमा तोकेको छ । एएफसीले आगामी दिनमा यस्ता घटना दोहो¥याएमा कडा कारबाही गरिने भन्दै एन्फालाई सचेत पनि गराएको छ ।

प्रतिक्रिया