विश्वकप क्रिकेटको ट्रफी नेपालमा


काठमाडौं – विश्वकप क्रिकेटको ट्रफी नेपाल ल्याइएको छ । आज (सोमबार) काठमाडौं आइपुगेको ट्रफी भोलि सार्वजनिक गरिने छ ।

ट्रफीलाई भोलि बिहान ११ बजेदेखि १ बजेसम्म भक्तपुर दरबार क्षेत्रमा राखिने छ । ट्रफी गोक्यो ताल र सगरमाथाको आधार शिविरमा पनि लगिने अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आइसिसीका व्यवस्थापक सोमरेश सेठ्ठीले जानकारी दिए ।

नेपालको पर्यटन प्रवर्द्धनमा सहयोग पुगोस् भनेर ट्रफी सगरमाथा आधार शिविरसम्म लैजान लागिएको नेपाल क्रिकेट सङ्घ क्यानका महाप्रबन्धक वृत्तान्त खनालले बताए ।

यसअघि सन् २०१८ मा पनि विश्वकप ट्रफी नेपालमा ल्याइएको थियो । त्यतिबेला काठमाडौं र पोखरामा प्रदर्शन गरिएको छ ।

प्रतिक्रिया