
नेप्से परिसूचकमा भारि गिरावट
एकैदिन परिसूचक ३३.३६ अंकले घट्दा २ अर्ब बढीको कारोबार
काठमाडाैं – साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक ३३.३६ अंकले घटेको छ । आज नेप्से १.६५ अंकले घटेर १९८९.२६ बिन्दुमा पुगेर बन्द भएको छ ।
यस दिन २२४ वटा धितोपत्रको २ अर्ब ५ करोड ९७ लाख ३७ हजार १०३ रुपैयाँ बराबरको कारोबार भएको छ । आइतबार राधी विद्युत कम्पनीको सेयर मूल्य सर्वाधिक ५.९० प्रतिशतले बढेर प्रतिकित्ता मूल्य २९८ रुपैयाँ कायम भएको छ।
त्यस्तै, एनएमबि आइब्रिड फण्डको इकाइ मूल्य ३.८८ प्रतिशतले बढेर मूल्य १० रुपैयाँ १८ पैसा कायम भएको छ ।
यस दिन सेयर मूल्य सर्वाधिक घट्नेमा रुरु जलविद्युत परियोजना रहेको छ। कम्पनीको सेयर मूल्य १० प्रतिशतले घटेर प्रतिकित्ता मूल्य ९३९ रुपैयाँ ६० पैसामा झरेको छ ।
त्यस्तै, अपर हेवाखोला हाइड्रोपावरको सेयर मूल्य ७.०३ प्रतिशतले घटेर प्रतिकित्ता मूल्य ३५७ रुपैयाँ पुगेको छ ।
यस दिन सर्वाधिक सेयर खरिद–बिक्री भने अरुण काबेली पावरको भएको छ। कम्पनीको १० करोड ३३ लाख रुपैयाँ बराबरको सेयर खरिद–बिक्री भएको हो।
कम्पनीको शत प्रतिशत हकप्रद सेयर निष्कासन गर्नका लागि विद्युत नियमन आयोगबाट पूर्व स्वीकृति पाएसँगै सर्वाधिक कारोबार भएको हो।
कम्पनीले १ अर्ब ८५ करोड ५२ लाख १० हजार ५०० रुपैयाँ चुक्ता पुँजीको १ः१ अनुपातमा १ करोड ८५ लाख ५२ हजार १०५ कित्ता हकप्रद सेयर बिक्री गर्न अयोगबाट स्वीकृति पाएको हो।
सो कम्पनीको सेयर मूल्य प्रतिकित्ता ४६४ रुपैयाँ कायम भएको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा १.२८ प्रतिशत घटेको हो।
सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा शिवम् सिमेन्ट रहेको छ। उक्त कम्पनीको ६६५ रुपैयाँमा ७ करोड १५ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।
त्यस्तै, आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये म्युचुअल फण्ड कम्पनीको परिसूचक ०.५३ प्रतिशतले बढेको छ भने बाँकी सबै समूहको परिसूचक घट्दा समग्र नेप्से घटेको हो।
यस दिन वित्त समूहको परिसूचक सर्वाधिक ३.७४ प्रतिशतले घटेको हो।
त्यस्तै, जलविद्युत समूहको परिसूचक ३.४२ प्रतिशत, होटल्स तथा पर्यटन समूहको परिसूचक २.६३ प्रतिशत, विकास बैंक समूहको परिसूचक २.५९ प्रतिशत, लगानी समूहको परिसूचक २.४६ प्रतिशत, लघुवित्त समूहको परिसूचक २.२२ प्रतिशत र निर्जीवन बीमा समूहको परिसूचक २.०४ प्रतिशतले घटेको छ।



कागजपत्र |
