

हङ्कङका निजी अस्पतालमाथि अनुसन्धान सुरु

‘ निजी अस्पतालहरूले सहयोग नगरे सरकारले ‘जग्गा अनुदान’ सम्बन्धी कडा सर्तहरू लगाउन सक्ने र यो अन्तिम उपायहरू मध्ये एक मानिएको’ स्वास्थ्यमन्त्री लो चुङ–माउले बताए ।
सरकारी अस्पतालबाट रिफर गरिएका १० विरामीमध्ये करिब २० देखि ३० जनालाई मात्र निजी अस्पतालमा भर्ना गरिएको छ । सरकारी अस्पतालका बिरामीका लागि १३ वटा निजी अस्पतालले ३६४ शैया छुट्ट्याउने वाचा गरे पनि पाँचवटा मात्रै ६० प्रतिशत लक्ष्य पूरा गरेका छन् ।
सरकारले केही गैर कोभिड बिरामीहरूको स्थानान्तरणमा लगभग ५१० डलर अनुदान दिँदै गर्दा निजी अस्पतालहरूको अनिच्छाले उनीहरूको नियतिमाथि प्रश्न खडा गरेको छ ।

