विष्णुमतीमा जलसतह सतर्कता तह आसपास, नजिकका बस्तीमा जोखिम


काठमाडौं- विष्णुमती नदी जलाधारको जितपुर र आसपास तथा बल्खु नदी जलाधारमा भारी वर्षा मापन गरिएको छ। जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाका अनुसर अहिले विष्णुमतीमा जलसतह सतर्कता तह आसपास पुगेको छ।

विष्णुमती र बल्खु नदीको पानी किनारको सडक र बस्तीमा पस्न सक्ने महाशाखाको आकलन छ। सो नदी किनारको सडक भएर यात्रा गर्दा सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।

प्रतिक्रिया