

चाहेको यत्ति हो कि जे जुन प्रयोजनका लागि बनेको छ, त्यहिरुपमा प्रयोग होस्ः बालेन

काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले राहदानी र युएफओको फोटो राख्दै आभार प्रकट गरेका छन् ।
बालेनले आफूले अनधिकृत संरचना र पार्किङको प्रयोगबारे पछिल्ला दिनमा चलाएको कारबाहीका क्रममा राहदानी विभाग र युएफओले आफूहरुले महानगरको नियमअनुसार प्रयोग गर्ने प्रतिबद्धता जनाएकोमा खुशी व्यक्त गरेका छन् ।
उनले अगाडि लेखेका छन, ‘चाहेको यत्ति हो कि जे जुन प्रयोजनका लागि बनेको छ, त्यहिरुपमा प्रयोग होस् । यो कुरालाई पहिलेदेखि नै व्यवहारिकरुपमा प्रयोग गर्नु भएकाहरुप्रति महानगर आभारी छ । अहिलेको अभियानलाई साथ दिएर सुधार गर्नुहुने सबैलाई धन्यवाद छ । महानगरको यो अभियान सँधै रहनेछ । हामी पुनस् अनुरोध गर्दछौँ, कृपया ! नियमको पालना गरिदिनुहोला । महानगर व्यवस्थित बनाउन सबैको योगदानको अनिवार्यता महसुस गरिदिनुहोला ।

