भारतीय वायुसेनाका तीन अधिकारी बर्खास्त


नयाँ दिल्ली – भारतको सरकारले मार्चमा पाकिस्तानमा ‘दुर्घटनावश मिसाइल प्रहार’ गरेको आरोपमा वायुसेनाका तीन अधिकारीलाई बर्खास्त गरेको छ ।

यो घटनाले दुई आणविक हतियारयुक्त देशबीच तनाव बढाएको थियो । दिल्लीले उक्त घटनालाई नियमित मर्मतसम्भारको क्रममा प्राविधिक खराबी भएको जनाएको थियो ।

इस्लामावादले दिल्लीलाई ‘यस्ता लापरवाहीका अप्रिय परिणामहरूप्रति सजग रहन’ र भविष्यमा नदोहोर्याउन चेतावनी दिएको छ । मार्चको घटनाका लागि जिम्मेवार अधिकारीहरूलाई सेवाबाट बर्खास्त गरिएको भारतीय वायुसेनाले एक विज्ञप्तिमा जानकारी दिएको छ ।

प्रतिक्रिया