

सरकारविरुद्ध नेवि संघको केश मुन्डन आन्दोलन, १५ जनालाई प्रहरीले समात्यो

काठमाडौं– नेपाल विद्यार्थी संघले सरकारको प्रतिनिधि सभा विघटनविरुद्ध मंगलबार केश मुन्डन आन्दोलन गरेको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक कदम चालेर अलोकतान्त्रिक काम गरिरहेको भन्दै नेविसंघले ज्ञानेश्वरबाट विरोध प्रदर्शन गरेको थियो।
कमल पोखरीमा पुगेका नेवि संघका १५ जनालाई प्रहरीले पक्राउ गरेको छ। प्रतिनिधि सभा विघटनको असंवैधानिक कमदविरुद्ध आन्दोलन गरिएको नेवि संघका नेता मनिष सिम्खडाले बताए।
प्रदर्शनमा उत्रिएका अनिश आचार्य, सरोज थापा, करुणासागर सिग्देल, पदमा भुसाल, प्रशन्त कार्की, शतिस शाह, रोशन गुप्ता, अनिल रिजाल, सुरज दङ्गाल, सुभम सिंह, नेत्रविक्रम शाही, कौशल काफ्ले, सुरज लम्साल, रजेन्द्र मैनाली र लक्ष्मण अधिकारीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो।

