
कांग्रेस नेता कृष्ण सिटौलालाई कोरोना पुष्टी
काठमाडौं — नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलालाई कोरोना संक्रमण पुष्टि भएको छ।
सिटौलालाई रुघाखोकी, ज्वरो र जीउ दुखेपछि हेम्स अस्पतालमा कोरोना परीक्षण गरिएको थियो। परिक्षणको रिपोर्ट कोभिड-१९ पोजेटिभ आएको सिटौलाको सचिवालयले जनाएको छ।
सिटौलालाई आजै अस्पताल भर्ना गर्ने तयारी भइरहेको समेत सचिवालयले जनाएको छ।
सिटौला प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि सिट बाँडफाँट गर्न गठबन्धनका दलहरुबीच बनेको कार्यदलको संयोजक हुन्।



कागजपत्र |
