सिंहदरवारमा मन्त्रिपरिषद् बैठक बस्दै, रिक्त सचिव बढुवा र बोर्डको कार्यकारी निर्देशक नियुक्ति हुँदै


काठमाडौं – मन्त्रिपरिषद्को बैठक केही बेरमा बस्दै छ । बैठक बिहान १० बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा बोलाइएको हो ।

बैठकमा मन्त्रालयका नियमित एजेन्डालगायत केही नियुक्ति तथा निर्णय हुन सक्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

आजकै बैठकमा प्रशासनतर्फ रिक्त एक सचिव पदका लागि बढुवा निर्णय हुँदै छ भने वैदेशिक रोजगार बोर्डको कार्यकारी निर्देशकको नियुक्त गर्ने निर्णय पनि आजै गरिने जनाएको छ ।

 

प्रतिक्रिया