१२ राजनीतिक दलका प्रतिनिधिलाई आयोगको बोलावट


काठमाडौं – संघ र प्रदेशमा प्रतिनिधित्व गर्ने १२ राजनीतिक पार्टीका प्रतिनिधिलाई निर्वाचन आयोगले छलफलका लागि बोलाएको छ । आज बिहान साढे ११ बजे पार्टीका नेताहरूलाई परामर्शका लागि बोलाइएको हो ।

उनीहरूसित निर्वाचनपार्टीको प्रतिनिधित्व गर्ने १२ जनालाई आयोगले छलफलका लागि बोलाएको हो ।

उनीहरूसित निर्वाचन आचारसंहितालगायत विषयमा छलफल हुने आयोगका प्रवक्ता शालिकराम शर्मा पौडेलले जानकारी दिए । आयोगले आचारसंहिता, २०७८ मा केही परिमार्जन गर्ने तयारी समेत गरेको छ ।

छलफलका क्रममा आचारसंहितालगायत विषयमा छलफल हुने पौडेलले जानकारी दिए ।

आउँदो मंसिर ४ गते एकै चरणमा प्रदेश र प्रतिनिधिसभाको निर्वाचन हुने तय छ ।

 

प्रतिक्रिया