

दुई देशका राजदूतले लिए राष्ट्रपतिसमक्ष शपथ

काठमाडौं – ब्राजिल र कोरियामा लागि नियुक्त भएका राजदूतहरुले आइतबार शपथ लिएका छन् ।
ब्राजिलका लागि नेपाली राजदूत निर्मलराज काफ्ले र कोरियाका लागि नेपाली राजदूत प्रा.डा. ज्योति प्याकुरेल(भण्डारी)ले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् ।
शपथ समारोहमा नेपाल सरकारका उच्च पदस्थ कर्मचारीहरुको सहभागिता रहेको थियो ।

