मिथिलामा ‘सनेस’ को चटारो


महोत्तरी – एक दिन घाम देखिँदा छाएको खुशी अर्को दिन डम्म हुस्सुले ढाकेसँगैको चिसो बतासले तुहिँदै छ । गत आइतबार मध्यान्हपछि घाम देखिँदा अब मौसम उघ्य्रो भनेर छाएको खुशी महोत्तरीमा आज एकाबिहानै हुस्सुले ढाकेर लगलगी मुटु कमाउने चिसो बतासले खोसेको छ ।

छोरीचेली ९फूपु, दिदीबहिनी, छोरी, दोस्तमहिम (मित, मितिनी) र यस्तै इष्टजनकहाँ ‘सनेस’ पु¥याउनपर्ने स्थापित चलनले मिथिलानीको व्यस्तता अहिले बढेको हो । मिथिलामा माघ महिनाभरि नै ‘लाई’ को मौसम रहन्छ । घरको खाजामा होस् वा आफन्तलाई पठाउने ‘सनेस’ मा । यसै परम्पराले सिङ्गो मिथिला क्षेत्रमा नै अहिले तिल, चिउरा, जुनेला र मुरिका ‘लाई’ धमाधम बटारिँदा (बनाइँदा) छन् ।

रमाइलो थप के हुन्छ भने छिमेकका जेठानी, देउरानी, नाताका बुहारी र अन्य आफन्त (हिमछिम भएका) पनि ‘लाई’ बनाउने कार्यमा सरिक हुन्छन् । मिठ्ठा (सख्खर) को खुँदोको मात्रा, तिल, चिउरा र जुनेला कति तताउने (भुट्ने) सल्लाह र यसै मेसोमा मिथिलानीबीच हुने अन्य हासपरिहास पनि यस कामका रमाइलापक्षका रुपमा पाका मैथिल गृहिणी सम्झन्छन् ।

खासगरी जाडो याममा सख्खर, घीउ र खुवाका परिकार खाँदा आङ् तात्ने, चिसोका विकार ठिक हुने र काममा पूmर्ति आउने आम मैथिल जनविश्वास छ । यसै विश्वासको परम्पराले पनि छिप्पिदो जाडोबीच ‘लाई’ खाने, ख्वाउने प्रचलन मैथिल संस्कृतिको अङ्ग नै बनेको पेशाले शिक्षक रहेकी भङ्गाहा नगरपालिका–७ की समीक्षा सिंह थारु बताउछिन् ।

अहिले यस क्षेत्रमा आफ्नो सावगास अनुसार सबैजसो घरमा ‘लाई’ बनाउन लागि परेका छन् । ‘सनेस’ पठाउने स्थापित परम्परा र आफ्नै घरको खानपिनमा यो परिकार परेपछि मिथिलामा हिँउदभरि ‘लाई’को मौसम हुने गरेको यहाँका बुढापाका बताउँछन् ।

प्रतिक्रिया