१३ दिनसम्म शोक मनाउने प्रस्तावसहित कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सम्पन्न


काठमाडौं — नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक सम्पन्न भएको छ ।

बैठकले कांग्रेस नेता समाजवादी चिन्तक, पूर्व केन्द्रीय सदस्य एवं प्रतिनिधि सभा सदस्य प्रदीप गिरीको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै पारित गरेको छ ।

साथै बैठकले तीन दिनसम्म पार्टीको केन्द्रीय कार्यालय र मातहतका सबै कार्यालयहरुमा झण्डा आधा झुकाउने तथा शोक श्रद्धाञ्जलीका कार्यक्रम बाहेक पार्टीका अरु सबै कार्यक्रम स्थगित गर्ने निर्णय गरेको छ ।

त्यस्तै भोली अर्थात् भदौ ६ गते सोमबारका दिन केन्द्र तथा मातहतका सबै कार्यालयहरु बन्द गर्ने, १३ औं दिन (भाद्र १६ गते) सम्म केन्द्र र जिल्ला कार्यालयहरुमा शोक पुस्तिका राख्ने र सोही दिन सबै जिल्लाहरुमा शोकसभाको आयोजना गर्ने निर्णय पारित गरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जनाए ।

May be an image of text

 

 

May be an image of text

प्रतिक्रिया