

भृकुटी मण्डपमा जुत्ताचप्पल मेला सुरु, १० देखी ५० प्रतिशतसम्म छुट

फुटवेयर म्यानुफ्याक्चरर्स एशोसिएशन अफ नेपालको आयोजनामा भदौ ५ गतेदेखि २० गतेसम्म पाँचौ व्यापार प्रवर्द्धन मेला काठमाडौँको भृकुटीमण्डपमा हुन लागेको हो ।
मेला संयोजक सुरज बन्जाडेका अनुसार बिदेशी आयात प्रतिस्थापन गरी जुत्ताचप्पल तथा छालाका वस्तु उत्पादनको क्षेत्रमा मुलुकलाई आत्मनिर्भर बनाउन मेलाको आयोजना गर्न लागिएको हो ।
मेलामा १० देखि ५० प्रतिशत छुटमा ३० भन्दा बढी ब्राण्डका एक हजार मोडलका जुत्ता पाउन सकिने छ । मेला १५ दिनसम्म चल्ने छ ।

