पेट्रोलमा प्रतिलिटर दुई रुपैयाँ बढ्यो, कति पुग्यो नयाँ मुल्य ?


काठमाडौँ – नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा मूल्य बृद्धि गरेको छ । प्रतिलिटर पेट्रोल, डिजेल र मट्टितेतमा निगमले २ रुपैयाँ बृद्धि गरेको छ ।

इण्डियन आयल कर्पोरेशनले १६ जनवरीमा पठाएको मुल्य अनुसार निगमले पेट्रोलियम पदार्थमा प्रतिलिटर २ रुपैयाँ बढाएको निगमका प्रवक्ता विनितमणी उपाध्यायले जानकारी दिए ।

उनले हवाई इन्धन र खाना पकाउने एलपी ग्यासको मुल्य यथावत नै राखेको जानकारी दिए । निगमले आज राती १२ बजेपछि भएको पेट्रोलिय पदार्थको मुल्य समायोजनपछि अब पेट्रोलको खुद्रा मुल्य १ सय १० र डिजेल ९३ रुपैयाँ भएको छ ।

प्रतिक्रिया