

स्थानीय तहको चुनावमा भोट नदिएको भन्दै पालिकाले हटायो ७ जना कर्मचारी

धनगढी – डोटीको बोगटान फुड्सिल गाउँपालिकाले ७ जना कर्मचारीलाई हटाएको छ।
विभिन्न शाखा तथा वडा कार्यालयमा कार्यरत ७ जना कर्मचारी हटाइएको हो।
गाउँपालिकामा कार्यरत ती कर्मचारीले हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा गठबन्धनलाई मतदान नगरेको भन्दै हटाइएको नेकपा एमालेले आरोप लगाएको छ।
गाउँपालिकामा कार्यरत कर्मचारीलाई पूर्वाग्रह राखेर कर्मचारी हटाइएको एमालेले जनाएको छ । एमाले निकट कर्मचारी भन्दै उनीहरूलाई हटाइएको दाबी गरिएको छ।

