

प्रदीप गिरीको स्वास्थ्य अवस्था बुझ्न मेडिसिटी पुगे प्रचण्ड

काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ललितपुरस्थित मेडिसिटी अस्पताल पुगेर नेपाली कांग्रेसका नेता प्रदीप गिरिको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्।
प्रचण्डकी स्वकीय सचिव गंगा दाहालले सामाजिक सञ्जालमार्फत नेता गिरीको स्वास्थ्यवस्था बुझ्न प्रचण्ड मेडिसिटी पुगेका जनाएकी छन्।
दाहालले फेसबूकमा लेखेकी छन्, ‘अध्यक्ष कमरेड प्रचण्डद्वारा ललितपुरस्थित मेडिसिटी अस्पताल पुगेर स्वास्थ्य उपचार गराइरहनुभएका नेपाली कांग्रेसका आदरणीय नेता प्रदीप गिरिको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुका साथै स्वास्थ्य लाभको कामना गर्नुभएको छ।’
नेता गिरिको स्वास्थ्य अवस्था चिन्ताजनक रहेको र उनको आइसीयूमा उपचार भइरहेको चिकित्सकहरूले बताएका छन्।

