

कोभिड कहर–३ महिनासम्म विमानस्थलमा बसे यी मानिस

काठमाडौं – अमेरिकाको क्यालिफोर्नियाका एक व्यक्ति कोभिडका कारण घर जान डराएर शिकागोको ओ’हेयर विमानस्थलमा तीन महिनासम्म बसेको भेटिएका छन् ।
आदित्य उदय सिंह नामक ३३ वर्षीय ती व्यक्तिलाई शनिवार बिहान पक्राउ गरिएको छ । उनलाई विमानस्थलको नियन्त्रित क्षेत्रमा बसेको र ५०० डलरभन्दा कम पैसा चोरेको आरोप लगाइएको शिकागो प्रहरीले जनाएको छ ।
त्यसको भोलिपल्ट सिंह बोन्ड कोर्टमा उपस्थित भएका थिए । सिंह लस एन्जिलिसबाट अक्टोबर १९ मा ओ’हेयर पुगेका थिए । त्यसपछि उनी विमानस्थलको सुरक्षा क्षेत्रमा कसैले पत्तो नपाइकन बसेका थिए ।
युनाइटेड एयरलाइन्सका दुई कर्मचारीले परिचयपत्र खोजेपछि सिंह पक्राउ परेका थिए । उनले विमानस्थलको आई ब्याज देखाएका थिए । त्यो एक अपरेसन्स म्यानेजरको अक्टोबर महिनाको अन्त्यतिर हराएको ब्याज थियो ।
यति लामो समयसम्म एकजना व्यक्ति विमानस्थलमा बसिरहेको पनि पत्ता नलगाएको भन्दै कूक काउन्टी अदालतकी न्यायाधीश सुसाना ओर्टिजले आश्चर्य व्यक्त गरेकी छन् ।
एजेन्सी

