सुनको मूल्य बढ्यो, यस्तो छ आजको भाउ


काठमाडौँ । नेपाली बजारमा मंगलबार सुन र चाँदीको मूल्य बढेको छ ।

सोमबार तोलामा ९१ हजार ६०० रुपैयाँमा कारोबार भएको छापावाल सुन मंगलबार बढेर तोलामा ९२ हजार रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार तेजावी सुन तोलामा ९१ हजार ५०० रुपैयाँमा कारोबार भएको छ।

यस्तै चाँदीको मूल्य पनि सोमबारको तुलनामा मंगलबार बढेको हो । सोमबार तोलामा १२३० रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार बढेर तोलामा १२४५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

प्रतिक्रिया