नागरिकता विधेयक : प्रतिनिधिसभाबाट भोलि नै पारित गर्ने तयारी


कठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीबाट संदेशसहित फिर्ता आएको नागरिकता विधेयक प्रतिनिधिसभाबाट भोलि पारित गर्ने तयारी भएको छ ।

बिहीबार बस्ने प्रतिनिधिसभाको बैठकमा गृहमन्त्री बालकृष्ण खाणले राष्ट्रपतिबाट संदेशसहित प्राप्त विधेयक पारित गरियोस् भन्ने प्रताव पेश गर्ने सम्भावित कार्यसूची छ ।

सत्ता गठबन्धनको साउन ३१ गते बसेको बैठकले नागरिकता विधेयकलाई जस्ताको तस्तै राष्ट्रपतिको कार्यालयमा पठाउने निर्णय गरेको थियो।

राष्ट्रपति विद्यादेवी भण्डारीले २९ साउनमा फिर्ता गरेको नागरिकता विधेयक संसद बैठकमा टेबल भइसकेको छ।

संविधानमा राष्ट्रपतिले एक पटक मात्रै विधेयक संसद फिर्ता पठाउन सक्ने व्यवस्था छ।

प्रतिक्रिया