फुटपाथमा सुतिरहेका मजदुरमाथि ट्रक गुड्दा १५ जनाको मृत्यु


काठमाडौँ – भारतको गुजरातस्थित सूरतमा ट्रक दुर्घटनामा परी १५ जनको मृत्यु भएको छ । सोमबार राती फुटपाथमा सुतिरहेका मजदुरमाथि ट्रक अनियन्त्रित भई सुतिरहेका मजदुरमाथि ट्रक गुडेको थियो । सो दुर्घटनामा परि १२ जनाको घटनास्थलमा नै मृत्यु भएको थियो भने ३ जनाको उपचारको क्रममा मृत्यु भएको छ ।

त्यसैगरी दुर्घटनामा परि ७ जना गम्भिर घाइते भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । सुरत पुलिसका अनुसार चालकले नियन्त्रण गुमाउँदा सोमबार राति यो घटना भएको हो ।

उखु लोड गरेको ट्याक्टरसँग ठोक्किएर ट्रक अनियन्त्रित भएको र पुटपाथमा सुतिरहेका मजदुरहरुलाई कुल्चिएको प्रहरीको भनाइ छ । ट्रकको ठक्करबाट सडक किनारका केही पसलका सटर पनि भत्किएका छन् । भारतिय मिडियाका अनुसार प्रहरीले ट्रक ड्राइभर र क्लिनरलाई पक्राउ गरी थप अनुसान्धा गरिहेको जनाएको छ ।

प्रतिक्रिया