


घट्यो सुन चाँदीको मूल्य

काठमाडौं — बुधबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सुनको मूल्य तोलामा ५०० र चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेको जानकारी दिएको हो ।
यससँगै, आज छापावाल सुनको मूल्य प्रतितोला ९६ हजार २०० र तेजाबी सुनको मूल्य प्रतितोला ९५ हजार ७०० रुपैयाँ छ । हिजो मंगलबार यसको मूल्य ९६ हजार ७०० रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९६ हजार २०० रुपैयाँ थियो ।
यसैगरी, आज चाँदीको मूल्य १० रुपैयाँ प्रति तोलाले घटेको छ । हिजो मंगलबार चाँदीको मूल्य प्रतितोला १ हजार २२० रुपैयाँ थियो । प्रतितोला १० रुपैयाँले घटेसँगै आज चाँदीको मूल्य १ हजार २१० रुपैयाँ छ ।

