प्रहरीकै सहयोगमा आज पनि फोहोर विर्सजन गर्दै महानगर, ४१ गाडी ढाँटखोला र १०० बढी टिपर मुड्खुबाट अगाडि बढे


काठमाडौं — काठमाडौं महानगरपालिकाले आज पनि सुरक्षाकर्मी परिचालन गरेरै भए पनि फोहोर बिसर्जन गरिने भएको छ । स्थानीयले फोहोर बोकेको टिपरलाई पटकपटक अवरोध गरेपछि प्रहरी परिचालन गरेर व्यवस्थापन गर्न लागेको हो।

फोहोर व्यवस्थापनमा अवरोध भएपछि मंगलबार प्रहरी प्रशासनको सहयोगमा १८६ गाडी फोहोर ल्याण्डफिल साइटमा लगिएको थियो । स्थानीय अवरोधपछि प्रहरीले बल प्रयोग गरेको थियो ।

सशस्त्र प्रहरी बेस क्याम्प बञ्चरेका नायव निरीक्षक युवराज रिजालकाअनुसार स्थानीयहरु आज डाँडामा जम्मा भएर बसेका छन् । ढाँडखोला नजिक ४१ वटा गाडी फोहोर खन्याउन लाइनमा बसेका छन् ।

नगर प्रहरी नायव उपरीक्षक पूर्णचन्द्र भट्टकाअनुसार फोहोर बोकेर गएका १ सय सवारी साधन मुड्खुबाट अगाडि बढिसकेका छन् । कतिपय ठाउँमा सडक साँघुरो भएकोले आवागमन सहज नहुनाले तीनतिप्लेमा केही गाडी रोकिएका छन् ।

यसैगरी ठूलो खोलामा केही, रातमाटे कोल्पुमा केही र सिसडोल आलेटार खण्डमा केही गाडी रोकिएका छन् ।

प्रतिक्रिया